भन्सार छलेर भित्राइएको सामग्री बरामद
भैरहवा : रुपन्देहीमा भन्सार छलेर भित्राइएको सामग्री बरामद भएको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण हेडक्वाटर रुपन्देहीले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको सामग्रीहरू बरामद भएको छ।
गणका एसपी आनन्द थापाको कमान्डमा खटिएको टोलीले सियारी गाउँपालिका–७ कनरीबाट ७ लाख ५४ हजार बढी रुपैयाँ बराबरको कस्मेटिक सामग्री र चप्पल बरामद गरेको सशस्त्र नम्बर २७ गण का डीएसपी मोहन न्यौपानेले जानकारी दिए।