सदनको अवरोध हटाउन सभामुखले गरे छलफल, २१ गतेसम्म निरन्तर बैठक चल्ने

सदनको अवरोध हटाउन सभामुखले गरे छलफल, २१ गतेसम्म निरन्तर बैठक चल्ने
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नयाँ कार्यतालिका अनुसार संसदको काम कारबाहीलाई सहजरूपमा अघि बढ्ने वातावरण बनाउन दलहरूसंग आग्रह गरेका छन्।

शनिबार सिंहदरबारमा संसदका प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरूसँग छलफल गर्दै सदनको अवरोध हटाई नयाँ कार्यतालिका अनुसार सदनलाई सहजरूपमा अघि बढाउने वातावरण बनाउन आग्रह गरे। 

छलफलपछि कांग्रेस सचेतक सुशीला थिङलेले चैत १८ देखि २१ गतेसम्म सदनको बैठक चल्ने र त्यसलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिइन्। त्यस्तै राजनीति दलसम्बन्धी विधेयक विवादमा जोडिएकाले यसलाई २७ गतेको बैठकसम्मलाई सार्ने सहमति भएको उनले बताइन्।

उनले बैठकमा सदनमा कांग्रेसले राखेको मागका विषयमा पदाधिकारी बैठकमा छलफल गर्ने र सदनमा कसरी अघि बढ्ने भन्ने विषयमा निष्कर्षमा पुगिने जानकारी दिइन्। गृहमन्त्रीका बारेमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै रहेको उनको भनाइ छ। 

त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कार्यतालिकालाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको बताए। समितिको बैठक पनि मिति नै तोकेर कार्यतालिका बनाइने, समितिबाट पारित भएका विधेयकलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेलगायतका बिषयमा छलफल भएको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.