एमाले-रास्वपाको आरोप- राजनीतिक पूर्वाग्रह राखेर कांग्रेसले सदन अवरोध गर्‍यो

एमाले-रास्वपाको आरोप- राजनीतिक पूर्वाग्रह राखेर कांग्रेसले सदन अवरोध गर्‍यो
सुन्नुहोस्

काठमाडौं : सत्तारुढ दलहरूले सदनलाई प्रभावकारी बनाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्। शनिबार संसदमा प्रतिनिधित्व गर्ने दलहरूका प्रमुख सचेतक र सचेतहरूसँगको छलफलमा उनीहरूले अवरोध हटाएर संसदलाई प्रभावकारी बनाउन माग गरे।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले कार्यतालिकालाई प्रभावकारी बनाउनुपर्ने बताए। उनले सदनलाई सहजरूपमा सञ्चालन गर्न प्रतिपक्षीले पनि उचित वातावरण बनाउनुपर्ने र सरकारले पनि सदनलाई विजनेश दिनुपर्ने बताए। 

उनले कांग्रेसले उठाएको बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिइसकेकाले राजनीतिक पूर्वाग्रह नराख्न आग्रह गरे। रास्वपाले भने गृहमन्त्रीको बिषयमा उठेका प्रश्नको जवाफ सम्बन्धित व्यक्तिले दिन पाउनुपर्ने बताए। 

उनले कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्ने काम गरे पनि सदनमा बोल्न नदिइएको आरोप लगाए। उनले सहकारीका विषयमा जवाफ दिन रास्वपा सधैं तयार भएको बताए। 

उनले संसदको आगामी बैठक सहज ढंगले अघि बढाउनुपर्ने बताए। परियारले कार्यतालिका अनुसार संसदलाई अघि बढाउने बिषयमा छलफल गरेको र राजनीति संवादका आधारमा अघि बढ्ने पनि बताए। 

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै संसदमा निरन्तर विरोध गर्दै आएको छ। 

कांग्रेस सचेतक सुशिला थिङलेले सदनमा कांग्रेसले राखेको मागका विषयमा पदाधिकारी बैठकमा छलफल गर्ने र सदनमा कसरी अघि बढ्ने भन्ने विषयमा निष्कर्षमा पुगिने जानकारी दिइन्। उनले गृहमन्त्रीका बारेमा संसदीय छानविन समिति बनाउनुपर्ने अडान कायमै रहेको बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.