उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्ने ओलीको दाबी

उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्ने ओलीको दाबी
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख १५ गते हुने उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्ने दाबी गरेका छन्।

एमाले बझाङ–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले मतका हिसाबले पनि अन्तिम समयमा उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्ने दाबी गरे। 

एमालेभन्दा माओवादीको मत धेरै भएको भए एमालेले सहयोग गर्ने भए पनि अहिलेको अवस्थामा माओवादीको मत कम देखिएकाले एमालेले छाड्न नमिल्ने उनको भनाइ छ।

ओलीले एमाले अन्दाजका भरमा हिंड्ने पार्टी नभएको र कहाँको मत कति छ भन्ने स्पष्ट हिसाब राखेकाले एमालेले यसपटक शानदार ढंगले जित्ने बताए। उनले उपनिर्वाचनमा दुई सय युवाका दरले एउटा मतदान केन्द्रमा शान्तिपूर्ण तर बेठिक हुन नदिनेगरी बस्न निर्देशन दिए। ओलीले हार्न मञ्जुर रहेको र बुथ कव्जा मञ्जुर नरहेको बताए।

अध्यक्ष ओलीले विगतमा विभिन्न कारणले एमालेविरुद्ध खतरनाक गठबन्धनको सामना गर्नुपरे पनि यसपटक सुखद परिणामतर्फ रुपान्तरित चाहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.