बालुवाटारमा प्रधानमन्त्री दाहाल, ओली र देउवाबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री दाहाल, ओली र देउवाबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। 

शनिबार साँझ उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो। उनीहरूबीच शान्ति प्रक्रियालाई टुंग्याउने र संवैधानिक परिषद्को बैठकका विषयमा छलफल भएको स्रोतले बताएको छ। 

गठबन्धन भत्किएपछि कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै निरन्तर सदन अवरुद्ध पार्दै आएको छ। संसदलाई प्रभावकारी बनाउने विषयमा पनि उनीहरूबीच छलफल भएको स्रोतको दाबी छ। 

नयाँ सत्ता समीकरण भएपछि तीन शीर्ष नेताको पहिलोपटक भेटवार्ता भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.