बालुवाटारमा गठबन्धन बैठक जारी
काठमाडौं : बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। संवैधानिक परिषदको बैठक सकिएलगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो। बैठक जारी रहेको बालुवाटार स्रोतले जनाएको छ।
आइतबार बिहान बसेको संवैधानिक परिषद्ले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम रायालाई महालेखापरीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड',लगायत गठबन्धनमा आवद्ध राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्।