उम्मेदवारको टुंगो लगाउन देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक
काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। बैठक मंगलबार दिउँसो २ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बस्नेछ।
बैठकमा वैशाख १५ मा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाइने बताइएको छ। बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ।
यसअघि उपनिर्वाचनका लागि नेकपा एमालेलगायत दलहरूले उम्मेदवारको टुंगो लगाइसकेका छन्।