लागुऔषध नियन्त्रण गर्न देशभर अभियान चलाउँछौं : गृहमन्त्री
काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गलत कार्य गर्नेलाई कारवाही गर्न कडा रुपमा निर्देशन दिएका छन्। आइतबार सिंहदरबारमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँगको छलफलका क्रममा लामिछानेले समाजमा गलत कार्य गर्नेलाई कारवाही गर्न कडारुपमा निर्देशन दिएका हुन्।
उनले लागुऔषध नियन्त्रण गर्न देशभरमा नै संयुक्त अभियान चलाउनुपर्नेमा जोड दिए। छलफलमा साम्पाङले विभिन्न विषयमा सहकार्यका साथ अघि बढ्नुपर्ने धारणा राखेका थिए।