सिन्धुलीमा लागुऔषधसहित तीनजना पक्राउ
सिन्धुली : सिन्धुलीमा लागुऔषधसहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोरम्बा गाउँपालिका-२ रामेछापका २० वर्षीय सुबोध श्रेष्ठ, मेलुङ गाउँपालिका-४ दोलखाका २५ वर्षीय रुपेश थोकर तामाङ र चौरी देउराली गाउँपालिका-९ काभ्रेपलान्चोकका २८ वर्षीय सुरेश भन्ने भिमबहादुर तामाङ रहेका छन्।
उनीहरूलाई कमलामाई नगरपालिका-९ भिमानबाट खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरिएको हो। सुनसरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०१–०२८ च ३६१२ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा अगाडिको सिटभित्र खैरो हेरोइन ४५ ग्राम फेला पारेपछि इलाका प्रहरी कार्यालय भिमानले कारसहित तीनै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता केशव कुमार कटवालले जानकारी दिए।