लागुऔषधसहित दुई युवा पक्राउ
बुटवल : लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत खटिएको प्रहरी टोलीले दुई जना युवाहरूलाई पक्राउ गरेको छ।
आइतबार रोहिणी गाउँपालिका-२ का २० वर्षीय अजित हरिजन र सोही ठाउँका १९ वर्षिय काजु चमारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।
उनीहरूबाट ओमसतिया गाउँपालिका-४ रोहिणी पुलबाट पक्राउ परेका युवाहरूको साथबाट ४० सय दशमलव ९ सय ग्राम ब्राउन सुगर खैरो हिरोइन बरामद गरिएको छ। जिल्ला अदालत रुपन्देहीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कसुरको मात्रा हेरी १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजार देखी दुई लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस !
१