दुर्घटना रोक्न सबै जिम्मेवार बन्नुपर्छ

दुर्घटना रोक्न सबै जिम्मेवार बन्नुपर्छ
फाइल तस्बिर।
सुन्नुहोस्

सरकारको एक्लो प्रयासले मात्र सडक दुर्घटना रोक्न सकिँदैन। दुर्घटना हुन नदिन सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्छ। लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा सडक दुर्घटना हुन नदिन हामीले धेरै गृहकार्य गरेका छौं। कतिपय नीतिगत निर्णय गरेर पनि काम गरेका छौं। 

सबैभन्दा महत्वपूर्ण कुरा गाडीको अवस्था सही हुनुपर्छ। गाडीका पाटपुर्जा नै ठीक अवस्थामा छैनन्् भने त्यसले निम्त्याउने भनेकै दुर्घटना हो। चालकहरूको लापरबाही, अनिधो बसेर लामो यात्रामा गाडी चलाउने, मादक पदार्थ सेवन र ग्रामीण सडकहरूको अवस्था सही नहुनुले सडक दुर्घटना हुने गरेको पाइएको छ। 

सडकमा चेकजाँचका लागि बस्ने ट्राफिकहरूको दायित्व जरिवाना काटेर मात्र पूरा हुँदैन। ट्राफिक प्रहरीले चालकलाई सचेतना गराउने र खचाखच गाडीमा भएका यात्रुलाई ओरालेर अर्को खाली खाडीमा राखेर पठाउनु पनि उनीहरूको दायित्वभित्र पर्छ। सुरक्षित यात्रा गराउनु राज्यको प्रमुख दायित्व हो। घरबाट निस्किसकेपछि यात्रुहरू जतिसक्दो छिटो गन्तव्यमा पुग्न खोज्नुलाई हामी स्वाभाविक मान्नुपर्छ। तर, यसमा विशेष ध्यान सरकारी संयत्रबाट गर्नुपर्छ। 

लुम्बिनी प्रदेशमा गाडीको मेकानिकल चेकजाँच गर्ने, रिफ्रेन्स सेन्टर सञ्चालन, चालकको मापसे र लापसे चेकजाँचलाई तीव्रता, गाडीको तीव्र गतिलाई नियन्त्रण गर्न राडर र सीसी क्यामरा जडान गर्ने विशेष योजना हामीले बनाएका छौं। सरकारमा हुँदा होस् वा सत्ता बाहिर हामी यो कार्यक्रम जसरी पनि पूरा गर्छौं। यातायात क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्नेहरू सम्मिलित विशेष समिति बनाउने योजना अघि बढेको छ। कोहलपुर–बर्दिया, दाङ–कपिलवस्तु, रुपन्देही–नवलपरासी क्षेत्रलाई समेटेर विशेष समिति गठन गर्ने र उक्त समितिले सवारीसाधन, चालक, यात्रुको अवस्था, जिम्मेवारी र सरकारले गर्नुपर्ने कामहरूका बारेमा खाका बनाउने छ।  

(थापा, लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.