बागमतीका मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक पाए विश्वासको मत
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। प्रदेश सरकारबाट कांग्रेसले समर्थन फिर्ता लिएपछि सोमबार मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशसभा बैठकमा विश्वासको मत लिएका हुन्।
सो क्रममा जम्कट्टेलको विश्वासको मतको पक्षमा ५६ मत परेको थियो भने विपक्षमा ३७ मत परेको थियो । त्यस्तै १५ सांसद तटस्थ बसेका थिए। जम्कट्टेललाई कुल सदस्यको बहुमत सदस्यको मत परेकाले विश्वासको मत प्राप्त भएको सभामुख भुवन पाठकले जानकारी दिए।
मुख्यमन्त्री जम्कट्टेलले पहिलो पटक २०७९ माघ ३ गते र २०७९ चैत १० मा दोस्रो पटक विश्वासको मत प्राप्त गरेका थिए।