कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै, उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्दै छ।
इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार छान्नका लागि बैठक बस्न लागेको हो। बैठकअघि उम्मेदवारका विषयमा कांग्रेस पदाधिकारीहरूले सोमबार छलफल गरेका छन्। महामन्त्री विश्वप्रकाश शर्माले ३० वर्षपछि इलाम-२ मा कांग्रेसलाई जित्ने अवसर भएको ब्रिफिङ गरेका थिए।
इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ।