सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन्। विश्वासको मतका लागि संसद बोलाई दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सभामुखलाई आज पत्र पठाएको छ।

‘बिहीबार विश्वासको मत लिने भनेर मुख्यमन्त्रीज्युको पत्र आएको छ। बिहीबार संसद बोलाउने तयारी भइरहेको छ’ सभामुख भीम बहादुर भण्डारीले भने। नेकपा माओवादी केन्द्र र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह फागुनको २३ गतेदेखि अल्पमतमा परेका थिए।

१८ प्रदेश सभा सदस्य रहेको कांग्रेसलाई नागरिक उन्मुक्तिका ७ जना र एक जना स्वतन्त्र गरी २६ जनाको समर्थन कायमै छ। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा उनलाई बहुमतका लागि २७ प्रदेश सभा सदस्यको संख्या पुग्नुपर्छ। नागरिक उन्मुक्तिभित्र मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने र नदिने भन्दै मत विभाजन देखिएको छ। मुख्यमन्त्री शाहले आज काठमाडौंमा उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संरक्षक रेशमलाल चौधरीसँग भेटघाट गर्ने तयारी गरेका छन्। 

नागरिक उन्मुक्तिका ७ जनाले उनलाई समर्थन गर्ने निर्णय गर्‍यो भने राप्रपा र स्वतन्त्रले पनि मुख्यमन्त्री शाहलाई समर्थन गर्न सक्ने सम्भावना देखिएको छ। तर नागरिक उन्मुक्तिका एक जना प्रदेश सभा सदस्य पनि अनुपस्थित भएमा शाहको बहुमत पुग्दैन।

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८ (एक जनाको निधन), माओवादीका सभामुख सहित ११, नेकपा एमालेका उपसभामुख सहित १०, नागरिक उन्मुक्तिका ७, समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ गरी ५२ प्रदेश सभा सदस्य छन्। नागरिक उन्मुक्तिभित्र सरकारमा जाने र नजाने दुई गुट देखिएपछि प्रदेश सरकार कसले बनाउने भन्नेमा टुंगो भने छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.