डिजिटल सिस्टमप्रति सरकार जिम्मेवार छैन : प्रदीप पौडेल

डिजिटल सिस्टमप्रति सरकार जिम्मेवार छैन : प्रदीप पौडेल

काठमाडौं : नेपाली कांग्रेस सांसद प्रदीप पौडेलले डिजिटल सिस्टमप्रति सरकार जिम्मेवार नभएको  आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले डिजिटल सिस्टमप्रति सरकार उदासिन हुँदा जनताले पटक-पटक दु:ख पाइरहेको बताए।

'गत बिहीबार र शुक्रबार हाम्रो प्रतिनिधिसभा र राष्ट्रियसभाको वेभसाइट नै  डाउन भयो। बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको सर्भर डाउन भयो। सयौं यात्रु करिब ४ घण्टा लाइनमा बस्नुपर्यो। जसले गर्दा रातिका  उडान सबै प्रभावित भए। सोही दिन भन्सार विभागको सर्भर डाउन हुँदा पाँच घण्टा काम अवरुद्ध भयो। आजको मुख्य सम्पत्ति भनेको डेटा हो।  राज्यले आफ्नो डाटाको सुरक्षा गर्न सक्दैन भने आम नागरिकको डेटाको सुरक्षा कसरी गर्न सक्छ ?,'उनले भने, 'हाम्रो डिजिटल सिस्टमप्रति सरकार प्रतिवद्ध छैन भन्ने कुरा स्पष्ट देखिएको छ। यसले हाम्रो मात्रै नभए अन्तर्राष्ट्रिय जगतमा नेपालको पनि बेइजति गराएको छ।'

डिजिटल प्रविधि भित्र्याउन सफल भएपनि त्यसको सुरक्षा दिन नसकेको उनको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.