बाघ संरक्षणको माग गर्दै काठमाडौंमा प्रदर्शन
काठमाडौं : पशु प्रेमीले पर्सा राष्ट्रिय निकुञ्जको खोरमा भएका बाघको मृत्युको विरोधमा बालुवाटारस्थित प्रकृति विश्व कोष कार्यालय अगाडि प्रर्दश गरेका छन् ।
विभिन्न जनावरको शोषण गरेको भन्दै प्रदर्शन गरेका हुन् । चितवनबाट उद्धार गरी ल्याएको ८ वर्षको वयस्क भाले बाघको पर्सा राष्ट्रिय निकुञ्जको खोरमा शुक्रबार मृत्यु भएको थियो।
पछिल्लो ५ महिनामाको अवधिमा निकुञ्जको खोरमै तीनवटा बाघको मृत्यु भएको छ । निकुञ्जले साँघुरो खोरमा बाघ राख्दै आएको बस्न अनुकूल वातावरण नभएपछि बिरामी भएर मृत्यु भएको उनीहरुको भनाइ छ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले उद्धार गरेर ल्याइएको बाघलाई लामो समय खोरमा राख्नुपर्दा बिरामी भएर मरेको बताए।