समाजवादी मोर्चा अर्थ राजनीतिक अन्तरविरोधको उपज : विप्लव

समाजवादी मोर्चा अर्थ राजनीतिक अन्तरविरोधको उपज : विप्लव

काठमाडौं : नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव )ले समाजवादी मोर्चा नेपालको अर्थ राजनीतिक अन्तरविरोधको उपज भएको बताएका छन्।  समाजवादी मोर्चाको बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता विप्लवले समाजवादी मोर्चा अर्थ राजनीतिक अन्तरविरोधको उपज भएको बताएका हुन्।

ध्रुवीकृत हुँदै गएको विश्वको प्रभाव पनि मोर्चा निर्माणमा परेको उनको भनाइ छ। उनले नेपाली समाज अभूतपूर्व ढुंगले ध्रुविकृत भइरहेको उल्लेख गरे।

'समाजवादी मोर्चा नेपाल आजको नेपालको अर्थ राजनीतिक अन्तरविरोधको उपज हो। आजको भूमण्डलिकृत विश्व र एउटा ध्रुवीकृत हुँदै गरेको विश्वको प्रभाव पनि यो मोर्चा निर्माणमा परेको छ। नेपालको राजनीति र त्यसमा झेलिरहेका समस्याहरू र लिएका उपलब्धी र अगाडि देखिएका संभावनाहरूको बीचबाट आज हामीहरू देख्छौं कि आज नेपाली समाज अभूतवपूर्व ढंगले ध्रुवीकृत भइरहेको छ। यो हुनु पनि पर्छ,'उनले भने,'राजनीतिक क्रान्ति निरन्तरतामा अगाडि जानुपर्छ र यसको नियम नै यही हो।'

पुरानो अर्थसम्बन्धमाथि नयाँ अर्थसम्बन्धले र नयाँ अर्थतन्त्रले पुरानोमाथि अवरोध गरिरहने र  त्यहाँ संघर्ष भइरहने उनको भनाइ छ। राजनीतिक प्रवृत्तिको हिसाबमा पनि पश्चगामी र यथास्थितिवादीसँग अग्रगामी र परिवर्तितहरूका बीचमा पनि संघर्ष चलिरहने उनले बताए।

विप्लवले  सबै कुरा सहन सकिने तर निराशालाई थेग्न नसकिने धारणा व्यक्त गरे।  उनले भने,' सबै कुरा थेग्न सक्दैनौं। निराशा गलत हो। निराशा मृत्यु हो। निराशालाई जीवनमा बदल्न सक्ने ताकत नेपाली समाजवादमा छ। आजको दलाल पुँजीबादलाई नेपाली विशिष्टको समाजवादीमा रुपान्तरण गर्न आवश्यक भएको छ। '

नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी ,जनता समाजवादी र नेत्रविक्रम चन्द मोर्चामा सामेल छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.