पर्यटनमन्त्रीको स्पष्टोक्ति : नेपाल वायुसेवा निगमको व्यवस्थापन करारका नाममा निजीकरणको कुरा हल्ला मात्रै

पर्यटनमन्त्रीको स्पष्टोक्ति : नेपाल वायुसेवा निगमको व्यवस्थापन करारका नाममा निजीकरणको कुरा हल्ला मात्रै

काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्ले नेपाल वायुसेवा निगमको व्यवस्थापन करार गर्ने भन्ने विषय बिक्री वा निजीकरण नभएको स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकको प्रश्नोत्तरमा समयमा मन्त्री तामाङले निगमको सारभूत परिवर्तनको लागि नागरिक उड्डयनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढ्न चाहेको र त्यसका लागि व्यवस्थापक विषयमा छलफल भएको बताएका हुन्।

उनले व्यवस्थापन करारका नाममा बिक्री वा निजीकरण गर्न लागिएको कुरा हल्ला मात्रै भएको जिकिर गरे।  मन्त्री तामाङले निगम सार्वजनिक संस्था र सबै नेपाली जनताको सरोकारको विषय भएकाले मन्त्रालयबाट चालिने कदम राष्ट्रिय हितमा केन्द्रित हुने विश्वास व्यक्त गरे । 

पर्यटनमन्त्री तामाङ्ले निगम भित्रको आर्थिक अनियमितता भ्रष्ट्राचार र पक्षमता अन्त्य गर्न मन्त्रालय दृढ रहेको विश्वास व्यक्त गरे।

त्यस्तै उनले सार्वजनिक क्षेत्र भएको हैसियतले क्षेत्राधिकारमा रहेर निगमले काम गरिरहेको,निगमले बिनाप्रतिस्पर्धा कुनैपनि निकायसँग कुनैपनि किसिमको काम नगर्ने स्पष्ट पारे। उन निगमको कामकारवाहीमा कुनै कमजोरी भए कारवाही गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.