वृद्धवृद्धाको स्वास्थ्य परीक्षण
नुवाकोट : नुवाकोटको देवीघाटमा वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण गरिएको छ। उनीहरुलाई आवश्यक औषधिसमेत प्रदान गरिएको छ। विदुर नगरपालिका ५ देवीघाटमा रहेको देवीघाट ज्येष्ठ नागरिक अध्ययन प्रतिष्ठानमा रहेका वृद्धवृद्धाहरुको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीले स्वास्थ्य परीक्षण गरेको हो।
प्रतिष्ठानमै पुगेर गरिएको स्वास्थ्य शिविरवाट वृद्धवृद्धाहरु लाभान्वित भएका छन्। अस्पतालका चिकित्सक डा. राजेन्द्र लामा र डा. दीपेन्द्र तिमिल्सिनाको टोलीले ३२ जना वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरेको हो।
अस्पतालले अबदेखि मासिक रुपमा सो प्रतिष्ठानमा पुगेर आश्रित वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण गरिने त्रिशूली अस्पतालका अध्यक्ष राजु पण्डितले जानकारी दिए। तीन जना वृद्धवृद्धालाई त्रिशूली अस्पतालमै भर्ना गरेर निःशुल्क उपचार गरिएको डा. राजेन्द्र लामाको भनाइ छ।