फिनल्याण्डको एक विद्यालयमा गोली चल्दा तीन विद्यार्थी घाइते
हेलसिन्की : फिनल्याण्डको राजधानी हेलसिन्की बाहिर भान्ताको एक विद्यालयमा मङ्गलबार एक नाबालिगले गोली चलाउँदा अन्य तीन विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ । गोली चलाउने नाबालिगलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
करिब ८०० जना विद्यार्थी र ९० जना कर्मचारी भएको यस विद्यालयमा कक्षा एकदेखि नौसम्म अध्ययन गर्ने ७–१५ वर्ष उमेर समूहका बालबालिकाहरू रहेका स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार गोलीकाण्डमा बालबालिकाहरू घाइते भएका छन् । प्रहरीलाई बिहान घटनाको जानकारी भएपछि घटनास्थलमा तैनाथ गरिएको थियो भने पछि संदिग्ध र घाइते दुबै नाबालिग भएको पुष्टि गरिएको थियो ।
गोलीकाण्डपछि भान्ताको सङ्कट समूहको सहर सक्रिय भएको स्थानीय मिडियाले जनाएका छन् । प्रहरीले जनतालाई सङ्कटग्रस्त क्षेत्रबाट टाढा रही सम्भव भएसम्म घरभित्रै बस्न आग्रह गरेको छ । अपरिचितहरूका लागि ढोका नखोल्नसमेत पनि प्रहरीले विज्ञप्तिमार्फत जनतालाई सुचना जारी गरेको छ ।