उम्मेदवार छान्न बसेको कांग्रेस बैठक निष्कर्षविहीन
काठमाडौं : उपनिर्वाचनका लागि उम्मेदवार छान्न बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक निष्कर्षविहीन बनेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठक निष्कर्षविहीन बनेको प्रवक्ता प्रकाशशरण महतले बताए।
भोलि २ बजे बस्ने पदाधिकारी बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउने उनले बताए। 'पार्टीभित्र धेरै उम्मेदवारहरू देखिएका छन्। सबैलाई सम्झाएर निष्कर्षमा पुग्ने भएर आज निर्णय भएन। भोलि २ बजे बस्ने बैठकले उम्मेदवारको टुंगो लगाउने छ,' सञ्चारकर्मीसँग उनले भने।
निर्वाचन आयोगले वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा १ तर्फ उपनिर्वाचन गर्दैछ। त्यसका लागि चैत २४ गते मनोनयन गर्ने कार्यतालिका छ।