जनप्रतिनिधिको कुटाइबाट प्रशासकीय अधिकृत घाइते, कर्मचारीहरू आन्दोलनमा

जनप्रतिनिधिको कुटाइबाट प्रशासकीय अधिकृत घाइते, कर्मचारीहरू आन्दोलनमा

वीरगन्ज : पर्साको धोबिनी गाँउपालिकाका कर्मचारीहरू मंगलबार दिउँसोदेखि कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्। 

कार्यपालिका सदस्य दिनेश प्रसाद साह कलवार प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहलाई गाँउपालिका अध्यक्षको कार्यकक्षमै कुटपिट गरी घाइते बनाएको भन्दै गाँउपालिका कार्यालयको कामकाज ठप्प पारेर उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

कार्यपालिका सदस्य कलवार अनुचित भुक्तानी दिन दबाब दिएको तर प्रमुख प्रशासकीय अधिकृत साहले नमानेपछि त्यसकै निहुँमा मंगलबार दिउँसो गाँउपालिका अध्यक्ष मदन चौहानको कार्यकक्षमा चौहानकै सामु कलवारले साहलाई हेलमेट र अध्यक्षको नेम्प्लेटले अन्धाधुन्ध प्रहार गरेर घाइते बनाएको आन्दोलनरत कर्मचारीहरुको आरोप छ।

प्रमुख प्रशासकीय अधिकृत साहलाई कुटपिट गर्ने कार्यपालिका सदस्य कलवारलाई कारबाही गर्न माग गर्दै कर्मचारीहरुले मंगलबार साँझ जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पनि बुझाएका छन्। कलवारलाई कारबाही नगरिएसम्म गाँउपालिका कार्यालयको कामकाज ठप्प नै रहने चेतावनीसमेत उनीहरूले ज्ञापनपत्रमार्फत दिएका छन्।

यता मंगलबार गाँउपालिकामा सेवाका लागि पुगेका प्रत्यक्षदर्शीहरूले भने नियमित कार्यालयमा नआउने प्रमुख प्रशासकीय अधिकृत साह मंगलबार कार्यालयमा आएका बेला गाँउपालिका अध्यक्ष चौहानले आफ्नो कार्यकक्षमा बोलाएर उनीसँग छलफल गर्ने क्रममा कार्यपालिका सदस्य कलवार र प्रमुख प्रशासकीय अधिकृत साहबिच विवाद भई हात हालाहाल भएको बताएका छन्। यसबारेमा बुझ्न गाँउपालिका अध्यक्ष चौहानलाई उनको मोबाइलमा फोन गरेर सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.