बिस्का जात्राका लागि यसरी निर्माण गरिदैछ भैरवनाथको रथ
भक्तपुर : भक्तपुरको प्रसिद्ध बिस्का जात्रा पर्व नजिकिँदैछ । अहिले भैरवनाथका काठको रथ तयार गर्ने काम धमाधम भइरहेको छ। रथ निर्माणको काम केही दिनदेखि भक्तपुरको टौमडी पाँचतले मन्दिर परिसरमा भइरहेको हो ।
चैतको अन्त्यमा यो जात्रा मनाइने गरिन्छ। नौ दिनसम्म चल्ने जात्रा पर्व यहि चैत २७ गतेदेखि सुरु हुँदैछ।