गण्डकीमा २७ गतेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान
काठमाडौं : गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ सरकार गठनका लागि दावी पेश गर्न दलहरूलाई आह्वान गरेका छन्। उनले बुधबार विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान गरेका हुन्।
आजै बिहान गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन्।
दावी पेश गर्ने समय चैत्र २७ गते दिउँसो ३ बजेसम्मको दिइएको छ। विश्वासको मत लिन नसक्ने भएपछि उनले पदबाट राजीनामा दिएका हुन्। संघमा सत्तासमीकरण फेरिएसँगै माओवादी केन्द्रले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।