कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिँदै
वीरेन्द्रनगर : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत मुख्यमन्त्री नलिई राजीनामा दिने भएका छन्। मुख्यमन्त्री शर्माले प्रदेशसभा बैठकलाई सम्बोधन गरेर पदबाट राजीनामा दिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
उनका अनुसार केन्द्रमा बनेको सत्ता गठबन्धनको निर्णयअनुसार नेकपा एमालेलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शर्माले बुधबार नै राजीनामा दिन लागेका हुन। अब मुख्यमन्त्रीको राजीनामासँगै एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने भएका छन्।