निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम फुकुवा गर्न प्रदीप यादवको माग

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम फुकुवा गर्न प्रदीप यादवको माग

काठमाडौं : जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले आफ्नो क्षेत्रको विकास निर्माणमा सांसद जोडिने कार्यक्रम रोक लगाउने सर्वोच्चको निर्णय एकपक्षीय भएको बताएका छन्। उनले एकपक्षीय निर्णय फुकुवा गर्न मागसमेत गरेका छन्।

सांसद यादवले सर्वोच्च अदालतले कार्यक्रमको प्रकृति नबुझेर फैसला गरेको भन्दै पुनरावलोकन गर्न प्रधानन्यायाधीश र न्यायाधीशहरूको ध्यानाकर्षण गराए। पूर्वाधार विकास कार्यक्रम सांसद विकास कोष नभएको, योजना छनोटमा मात्र सांसदको भूमिका रहने र कार्यान्वयन सरकारी निकायले नै गर्ने भन्दै यादवले एकपक्षीय रूपमा गरेको फैसलामा पुनर्विचार हुनुपर्ने माग गरे।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.