ताइवानमा भूकम्पमा परी नौ जनाको मृत्यु, ९०० जना घाइते
ताइवानमा गएको २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्पका कारण नौ जनाको मृत्यु भएको छ भने ९०० जनाभन्दा बढी घाइते भएका छन् ।
करिब दुई करोड ३० लाख जनसङ्ख्या रहेको ताइवान क्षेत्रमा भूकम्पको शक्तिशाली धक्का महशुस गरिएको थियो भने यसको असर छिमेकी मुलुकहरू चीन, जापान र फिलिपिन्सलगायतमा परेको थियो ।
केन्द्रबिन्दु पूर्वी हुआलियन काउन्टीमा रहेको भूकम्पपछि उक्त क्षेत्रमा १०० भन्दा बढी पराकम्प गएका बताइएको छ ।
हुवालिन ताइवानको एक पहाडी क्षेत्र हो।
मृतकमध्ये तीन जनाको ‘हाइकिङ ट्रेल’ मा मृत्यु भएको थियो भने दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस !
८