एक तोलाको सुनको मूल्य १ लाख ३४ हजार पुग्यो
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज प्रतितोला एक हजारले बढैर हालसम्मकै उच्च मूल्य कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज एक हजारले बढेर एक लाख ३४ हजार बराबरको मूल्य पुगेको हो।
तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकोमा आजका लागि भने एक लाख ३३ तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।
सुनको मूल्यसँगै चाँदी पनि बढेको छ। चाँदीमा ४० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला एक हजार छ सय १० मा कारोबार भएकोमा आज एक हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।