कर्णालीको मुख्यमन्त्रीमा एमालेका कँडेलले दाबी पेस गर्दै

कर्णालीको मुख्यमन्त्रीमा एमालेका कँडेलले दाबी पेस गर्दै
फाइल तस्बिर।

काठमाडौं : कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्ने भएका छन् । मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा गरेसँगै अब गठबन्धन दलहरूको तर्फबाट नेकपा एमालेलाई प्रदेश सरकार गठनको बाटो खुलेको छ। 

कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नका लागि २०७४ सालको प्रदेशसभा निर्वाचनबाट निरन्तर दौडमा थिए। केन्द्रमा कर्णाली प्रदेशको नेतृत्व एमालेले लिने सहमति भए पनि मुख्यमन्त्रीसहितका केही नेताहरूले एमालेलाई नेतृत्व हस्तान्तरण गर्न आनाकानी गरेपछि केही दिनका लागि अन्यौल कायम भएको थियो। तर, बुधबार नै दुई दलबीच कर्णालीमा पहिलो चरणमा एमालेले नेतृत्व लिने र दोस्रो चरणमा माओवादीबाटै मुख्यमन्त्री बन्ने सहमति भएपछि मुख्यमन्त्री शर्माले राजीनामा दिन तयार भएका हुन्। 

२०७४ सालको निर्बाचनपछि नेकपा एमालेले कर्णालीमा २० सिट ल्यायो। तर पनि त्यो पाँचै वर्ष सरकारको नेतृत्व लिन पाएन। पहिलो चरण नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही र दोस्रो चरण नेपाली कांग्रेसका नेता जीबनबहादुर शाही मुख्यमन्त्री बने। जम्मा ४० सदस्य रहेको प्रदेश सभामा बहुमत पुग्न एक सिट कम हुँदा पनि गठबन्धनको राजनीतिले प्रदेश सरकारको नेतृत्व नपाएको भन्दै नेकपा एमाले कर्णालीका नेताहरू केन्द्रीय नेतृत्वप्रति असन्तुष्ट थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.