जसपाको समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस
काठमाडौं : जनता समाजवादी पार्टीले समानुपातिक सांसदका लागि हसिना खानको नाम सिफारिस गरेको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त सो स्थानमा बाँकेकी खानलाई सिफारिस गरेको हो।
२०७९ को निर्वाचनमा मुस्लिम महिलातर्फ शहनाज रहमान निर्वाचित भएकी थिइन्। उनको २०७९ साल फागुन १३ गते निधन भएपछि जसपाले अन्सारीलाई पठाएको थियो।
उनको पनि चैत्र ४ गते निधन भएपछि सो स्थान रिक्त थियो।