पौडी खेल्ने क्रममा खोलामा डुबेर युवकको मृत्यु
काठमाडौं : पौडी खेल्ने क्रममा खोलामा डुबेर युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा रामेछाप नगरपालिका-४ का १७ वर्षीय भीमबहादुर श्रेष्ठ रहेका छन्।
माध्यमिक शिक्षा परीक्षा दिइरहेका उनी बिहीबार दिउँसो लिखुखोलामा पौडी खेल्न गएका थिए। डुबेको खवर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाबारे अनुसन्धान गरिरहेकोजिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।