लुम्बिनीमा सरकार गठनका लागि ४४ सांसदको हस्ताक्षरसहित महरा पुगे प्रदेश प्रमुखको कार्यालय
दाङ : लुम्बिनी प्रदेशमा नयाँ सरकारको तयारी भएको छ। सत्ता गठबन्धनले नयाँ सरकारका लागि बहुमत सदस्यसहित प्रदेश प्रमुखकोमा पुगेका छन् । ४४ जनाको हस्ताक्षरसहित माओवादी दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री प्रस्ताब गरेर प्रदेश प्रमुख अमिक शेरचनसँग सरकारको दाबी पेश गरिएको हो ।
लुम्बिनी प्रदेश सभामा ८७ जना प्रदेश सभा सदस्य रहेका छ्न् । केन्द्रमा सत्ता साझेदार भएको नागरिक उन्मुक्तिलाई भने लुम्बिनी सरकारमा नसमेटिने भएको छ ।