अन्नपूर्णकर्मी कृष्ण विष्टका बुवाको ट्याक्टर दुर्घटनामा मृत्यु
धनगढी : अन्नपूर्ण पोस्टका बैतडी संवाददाता कृष्ण बिष्टलाई पितृशोक परेको छ । उनका ५५ वर्षीय बुवा मन्धीर विष्टको बिहीबार राति ट्याक्टर दुर्घटनामा मृत्यु भएको हो ।
बैतडीको सुर्नयाबाट खोडपे गइरहेको से २ त ३६७८ नम्बरको टयाक्टर राति ११ बजेतिर जयपृथ्वीसिंह राजमार्गको पाटन नगरपालिका –८ झौलेक मोडमा दुर्घटना भएको थियो ।
दुर्घटनामा चालक राजेश चौधरी र विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।
राति भएको दुर्घटनाको शुक्रबार बिहान रिपोर्टिङ गर्न जाँदा संवादाता विष्टले आफ्नै बुवाको दुर्घटनामा निधन भएको थाहा पाएका हुन् । प्रहरीले चालक राजेश केसी र अर्का एकजनाको सनाखत हुन नसकेको खबर दिएपछि विष्ट रिपोर्टिङका लागि आफै मोटरसाइकलमा घटनास्थल गएका थिए ।
‘विष्टले समाचार बनाए,स्थानीय रेडियोमा पढे पनि,अनि घटनास्थल पुगेपछि आफ्नै बुवाको शव देखे। त्यसपछि उहाँलाई सम्हाल्न गाह्रो भयो,'विष्टसँग रहेका बैतडीका अर्का पत्रकार सिपि लोहियाले भने । विष्टका बुवा सुर्नया क्षेत्रमा काठको काम गर्थे। राति घर फर्किने क्रममा दुर्घटनामा परेका हुन्।