आयरल्याण्ड ‘ए’ले नेपाल 'ए' लाई दियो १७५ रनको लक्ष्य

आयरल्याण्ड ‘ए’ले नेपाल 'ए' लाई दियो १७५ रनको लक्ष्य

काठमाडौं : आयरल्याण्ड 'ए'ले एक दिवसीय श्रृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल 'ए'लाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको हो।

आयरल्याण्डका गेभिन होयले सर्वाधिक ५० रन बनाउन सफल भए।  उनले ५९ बल खेल्ने क्रममा २ छक्का र ५ चौको सहयोगमा ५० रन बनाए । कप्तान निल रकले ३८ बलमा ३ छक्का र ३ चौकाको सहयोगमा ४५ रन बनाए भने लियाम मकार्थीले ३५ रन बनाए । साथै पिटर मुरले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् । 

नेपाल ‘ए’का लागि रिजन ढकाल र सहाब आलमले तीन/तीन विकेट लिए भने मौसम ढकालले २  र कमल ऐरीले १ विकेट लिए । प्रतियोगिताको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ २१  रनले विजयी भएको थियो । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.