बालसुधार गृहमा स्वास्थ्यकर्मीको व्यवस्था गर्न सरकारलाई निर्देशन

बालसुधार गृहमा स्वास्थ्यकर्मीको व्यवस्था गर्न सरकारलाई निर्देशन

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बालसुधार गृहमा स्वास्थ्यकर्मी रहने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले बालसुधार गृहको अनुगमन गर्दा स्वास्थ्यकर्मी नरहेको पाइएको भन्दै तत्काल स्वास्थ्यकर्मीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो।

समितिले बालसुधार गृहमा रहेकालाई खुवाउने खानाको गुणस्तर निकै कमजोर रहेको र सफा खानेपानीको पनि अभाव देखिएकाले यसमा विशेष ध्यान दिन समेत सुझाव दिएको समिति सभापति किरणकुमार साहले जानकारी दिए।

केहि सुधार गृहहरू सेवामुलक भन्दा पनि नाफामूलक देखिएकाले संस्थाले नाफामूलक तवरले चलाएका सुधार गृहको अनुगमन गरी सुधार गर्न समेत निर्देशन दिएको उनले बताए।

बैठकमा समिति सदस्यहरूले बालसुधार गृहमा रहेका बालबालिकाको अधिकारमाथि खेलवाड भइरहेको बताएका थिए । समिति सदस्य विन्दबासिनी कंशाकारले बालसुधार गृहको निरन्तर अनुगमन गरेर उनीहरुको समस्या समाधान गर्नुपर्ने बताए।

त्यस्तै समिति सदस्य रोशन कार्कीले बालसुधार गृहमा रहेकाले पढ्न चाहे त्यसको व्यवस्था गर्नुपर्ने बताए।

बैठकमा गृहमन्त्रालयका प्रतिनिधिहरूले स्थान अभावका कारण बाल सुधार गृहहरूमा क्षमताभन्दा बढी राख्नुपरेकाले नुवाकोट,मोरङ लगायतका स्थानमा थप सुधारगृह निर्माण प्रक्रिया सुरु गरिएको जनाएका थिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.