नेपाललाई बरोडाले दियो १५७ रनको लक्ष्य
काठमाडौं : नेपालविरुद्ध बरोडाले १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ। भारतको गुजरातस्थित भापीमा टस जितेर ब्याटिङ गरेको बरोडाले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १५६ रन बनाएको हो।
बरोडाका लागि शासवत रावतले ३१ रन र ध्रुव पटेलले २९ रन बनाए। नेपालका लागि गुल्शन झा र करण केसीले २-२ विकेट लिए।
नेपाल, गुजरात र बरोडा सम्मिलित फ्रेन्डसीप प्रतियोगितामा नेपाल यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। नेपालले बरोडासँगको पहिलो खेल र गुजरातसँगको दुवै खेल जितेको थियो।