नासलचोकमा १२ वर्षे रुद्रायणी सिकली जात्रा (फोटो फिचर)
काठमाडौं : हनुमानढोकास्थित नासलचोकमा रूद्रायणी देवीको १२ वर्षे शिकाली जात्रा प्रदर्शन गरिँदैछ। ललितपुरको खोकनामा ऐतिहासिकरूपमा मनाइने रुद्रायणी देवीको जात्रा हरेक १२ वर्षमा खोकना बाहिर पनि प्रर्दशन गर्ने चलन छ।
खोकनालगायत पाटनका विभिन्न स्थानमा नाच सम्पन्न गरी देवगणहरू बिहीबार साँझ काठमाडौं प्रवेश गरेका हुन्। रूद्रायणी देवीका देवगनहरूले बिहीबार काठमाडौं प्रवेश गरेसँगै पचली, वन्दे, कोहिती, मरूसत, प्याफ परिक्रमा गर्दै हनुमानढोकास्थित नासलचोक पुगेका हुन्।