लाङटाङ पदमार्गमा बेलायती नागरिकको मृत्यु

लाङटाङ पदमार्गमा बेलायती नागरिकको मृत्यु
सांकेतिक तस्बिर

रसुवा: रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने त्रममा शुक्रबार एक पर्यटकको मृत्यु भएको छ । लाङटाङको भ्रमण गर्ने क्रममा बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको मृत्यु भएको हो । पाउल आफ्ना दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै गर्दा लाङटाङ खोला झोलुङ्गे पुल आसपास क्षेत्रमा बेहोस अवस्थामा भेटिएका थिए । 

पाउललाई हेलिकप्टरमा उद्धार गरी काठमाडौँस्थित मेडिसिटी अस्पताल पुर्‍याउँदा चिकित्सकले शुक्रबार साँझ मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलले जानकारी दिए । - रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.