प्रदेशसभा सदस्यका लागि बझाङमा १२ जनाको उम्मेदवारी
बझाङ : बझाङमा प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ जनाको उम्मेदवारी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङले निर्धारित गरिएको बेलुकी ५ बजेसम्मको समयभित्र १२ जनाको उम्मेदवारी परेको जनाएको छ।
नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा माओवादी केन्द्रबाट जनक बुढा, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंहले उमेदवारी दर्ता गराएका छन्।
त्यस्तै राष्ट्रिय मातृभूमि पार्टीबाट विनोदबहादुर थापा, नेपाल मजदुर किसा पार्टीबाट खगेन्द्र बहादुर शाही, नेशनल रिपब्लिक नेपालबाट कमल घर्तिमगर, राप्रपाबाट किशोर कुमार खडका र जनता समाजवादी पार्टीबाट रामबहादुर जाग्रीको उमेदवारी परेको छ।
त्यस्तै नेपाल जनता दलबाट अशोक सुनार, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खडका र जनमत पार्टीबाट सुशीला देबी विष्टको उमेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ।
नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन गर्दैछ। बैशाख १५ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता गरिएको हो। कांग्रेस उम्मेदवार अभिषेक पृथ्वीबहादुर सिंहका छोरा हुन्।