पुराना नेताहरूलाई सम्मानका साथ अब विदाइ गरौं : गगन थापा

पुराना नेताहरूलाई सम्मानका साथ अब विदाइ गरौं : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई विचार र व्यवहारमै सुद्धीकरण गर्नुपर्ने बताएका छन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा थापाले महासमितिबाट केही विषयमा पार्टीभित्र सुद्धीकरण सुरु भइसकेको भन्दै आगामी वर्ष पार्टीलाई पूर्णरूपमा विचार र व्यवहारमै सुद्धीकरण गर्नुपर्ने बताए।

उनले संगठनलाई सुदृढ बनाउँदै समयमै अधिवेशन गर्नुपर्ने र पुराना नेताहरूलाई सम्मानका साथ विदाइ गर्नुपर्ने बताए। उनले अरुजस्तै हुने कोसिस गर्दागर्दै पार्टीले आफ्नो मौलिकता गुमाएको भन्दै यसमा नेतृत्वले विशेष ध्यान दिनुपर्ने बताए। 

थापाले कुनै पनि व्यक्ति कांग्रेस भएकै कारण अपराधि बनाइनु गलत भए पनि अपराध गरेर कांग्रेस भएकै कारण जोगिनुपर्छ भन्ने कुरामा कांग्रेसले अडान लिनुपर्ने बताए। उनले यसअघि दुईपटक बहुमत पाउँदा कांग्रेसले पार्टी जोगाउन नसकेको भन्दै ८४ मा बहुमत पाए पार्टी कसरी अघि बढ्न भन्ने कुरा जनतामा स्पष्ट पार्नसक्नुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.