शंकर भण्डारीको दाबी- केही महिनाभित्रै कांग्रेस-एमाले नेतृत्वको नयाँ सरकार बन्छ

शंकर भण्डारीको दाबी- केही महिनाभित्रै कांग्रेस-एमाले नेतृत्वको नयाँ सरकार बन्छ

काठमाडौं : नेपाली कांग्रेस नेता शंकर भण्डारीले अबको केही महिनाभित्रै कांग्रेस-एमाले गठबन्धनको नयाँ सरकार बन्ने दाबी गरेका छन्। दाङको घोराहीमा आयोजित कार्यक्रममा उनले अहिलेको गठबन्धन हनिमुन पिरियड पनि मनाउन नपाएर ढल्ने बताए।

अस्थिर सरकारका कारण जनतालाई सेवा प्रवाहमा कठिनाइ भएको भन्दै नेता भण्डारीले कांग्रेस-एमालेले यो मुलुकमा स्थायित्व कायम गर्नका लागि नयाँ सरकार निमार्णका लागि विभिन्न चरणको गृहकार्य भइसकेको बताए। 

पछिल्लो समय नेपाली राजनीतिमा केही डरलाग्दा परिदृश्यहरू देखा परेको भन्दै त्यसका लागि दुई ठूला राजनीतिक शक्तिबीच कार्यगत एकता कायम गरी त्यसखालका परिदृश्य परास्त गर्ने बताए।

कांग्रेस-एमाले गठबन्धनको सरकारपछि साना राजनीतिक दलहरूका धेरै सटरहरू बन्द हुने उनको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.