गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त
फाइल तस्बिर।

पोखरा : गण्डकीको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्।  आइतबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अधिकारीले दाबी पेस गरेपछि नियुक्त गरिएको हो। प्रदेश प्रमुख भट्टले आइतबार दिउँसो संविधानको धारा १६८ (२) बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

अधिकारीले एमाले,माओवादी र नेकपा एसको समर्थन आफूलाई रहेको भन्दै दाबी पेस गरेका थिए। गण्डकीमा एमालेका २२,माओवादीका ८ र नेकपा एसका १ सांसद छन्। नेकपा एसका राजीव गुरुङ, माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान अधिकारीलाई आफूहरुको समर्थन रहेको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष पुगेका थिए। 

यसअघि मुख्यमन्त्री कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले चैत २१ गते राजीनामा गरेका थिए। सोही दिन प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठन गर्न २ वा २ भन्दा बढी दलको बहुमतसहित मुख्यमन्त्रीमा दाबीका लागि आह्वान गरेका थिए।

गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी ८ (सभामुखसहित), राप्रपाका २ र नेकपा एसका १ सांसद छन्। माओवादीले पाण्डे सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो। तर त्यो सम्भावना नदेखेर मुख्यमन्त्री पाण्डेले राजीनामा गरेका थिए।

अधिकारीले मुख्यमन्त्रीमा दाबी गरेपछि नेपाली कांग्रेस गण्डकीले असंवैधानिक प्रक्रियाबाट मुख्यमन्त्री नियुक्ति नगर्न प्रदेश प्रमुखसमक्ष माग गरेको थियो। संसदीय दलका नेता पाण्डेले गैर संवैधानिक दावीका आधारमा मुख्यमन्त्री नियुक्त हुने काम रोक्न माग गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.