निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ३१ ले लिए सेवा
सिन्धुपाल्चोक :सिन्धुपाल्चोकको मेलम्ची शनिबार गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा महिला १ सय ४७ महिला र ८४ पुरुष गरी २ ३१ जनाले सेवा लिएका छन्।
मेलम्ची नगरपालिकाको आयोजना तथा दीर्घायु गुरु अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा जाँच गर्न आएका ५ जना स्त्री रोगी र १ फोक्सो सम्बन्धी रोग भएको बिरामीलाई काठमाडौं लगेर उपचार गर्नुपर्ने देखिएको नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारी सापकोटाले जानकारी दिइन्।
शिविरमा भिडियो एक्सरे सेवा, नशा तथा मस्तिष्क रोग सेवा, हाडजोर्नी, सुगर, प्रेसर बाल रोग लगायत विभिन्न रोगको परीक्षण तथा निःशुल्क औषधी वितरण गरिएको थियो। शिविरको बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ र नगर प्रमुख आइतमान तामाङको ब्लड प्रेसर र सुगर परीक्षण गरी शुभारम्भ गरिएको थियो।