नवनियुक्त १० जिल्ला न्यायाधीशको पदस्थापन, को-कहाँ ?

नवनियुक्त १० जिल्ला न्यायाधीशको पदस्थापन, को-कहाँ ?
फाइल तस्बिर।

काठमाडौं : न्यायपरिषद्ले नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन गरेको छ। न्यायपरिषद्ले आइतबार अर्जुनप्रसाद कोइराला, नरेन्द्रबहादुर बुढा, जीवनकुमार भण्डारी, मुकुन्द आचार्य, विमला रेग्मी, पुष्पराज पाण्डे, शिवबहादुर थापा, महेन्द्र बहादुर कार्की, दीपक घिमिरे र फणेश्वरी घिमिरेलाई पदस्थापन गरेको हो।

पहिलो नम्बरमा सिफारिस भएका कोइरालालाई जिल्ला अदालत धनुषामा , बुढालाई जिल्ला अदालत बारा, भण्डारीलाई जिल्ला अदालत सर्लाही, आचार्य जिल्ला अदालत पर्सा, रेग्मी जिल्ला अदालत रौतहटमा पदस्थापन गरिएको छ। त्यसैगरी पाण्डेलाई जिल्ला अदालत सिराहा, थापालाई जिल्ला अदालत कपिलवस्तु,कार्कीलाई काठमाडौं जिल्ला अदालत, दीपकलाई बाँके जिल्ला अदालत र फणेश्वरीलाई महोत्तरी जिल्ला अदालतमा पदस्थापन गरिएको छ। गत चैत्र २२ गते बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशहरुलाई नियुक्तिका लागि सिफारिस गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.