कांग्रेसको बालहठ स्वीकारिँदैन : रास्वपा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले कांग्रेसको बालहठ आफूहरूले नसहने बताएका छन्। सभामुख देवराज घिमिरेको बोलाएको चार दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसले कुटिल चाल चालेको बताए।
'सभामुखले पहलकदमी लिनुभएको छ। त्यो सकारात्मक कुरार हो। तर, बैठक सहमति नजिक पनि पुगेन। कांग्रेस संसदीय छानबिन समितिको मागमै अडिको छ। एक खालको बालहठजस्तो भयो। कांग्रसको यो कुटिल चाल हो। हामो त्यो कदापि हुन दिँदैनौं,' उनले भने।
उनले संसदीय समिति बनाएर सरकारमा बसे पनि हुन्छ भन्ने कांग्रेसको बक्तव्य ठीक नभएको बताए। उनले व्यक्तिमाथि मिथ्या आरोप लगाएर कांग्रेजस्तो लामो समय संसदमा रहेको दलले गर्न नमिल्ने बताए। उनले रास्वपा लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने भन्दै कसैलाई छेकबार गरेर नबस्ने बताए।
प्रमुख सचेतक परियारले भावनामा जोडेर कसैलाई अपराधी बनाउन नमिल्ने बताए। 'भावनामा जोडेर कसैलाई कारबाही गर्न सकिन्छ? कांग्रेस आफैं हिजो सरकारमा थियो। त्यतिबेला किन समिति बनाएन?,' उनले प्रश्न गरे। उनले संसदलाई मुटभेडको स्थितिमा पुर्याउन नहुने बताए।