वृद्धावृद्धालाई खाद्यान्न सामग्री वितरण
नुवाकोट : नुवाकोटको देवीघाटमा रहेको देवीघाट ज्येष्ठ नागरिक अध्ययन प्रतिष्ठानमा रहेका वृद्धवृद्धालाई खाद्यान्न सामग्री वितरण गरिएको छ। माझीटारका अर्याल परिवारले वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खाद्यान्न लगायतका सामग्री वितरण गरेका हुन्।
विदुर नगरपालिका-५ माझीटारका समाजसेवी राजेन्द्र अर्यालको परिवारले आफ्नो परिवारका सदस्य स्व. सौगात अर्यालको स्मृतिमा देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रित ३५ जना वृद्धवृद्धाहरुलाई खाद्यान्न तथा नगद सहयोग गरेका हुन्।
त्यसक्रममा अर्याल परिवारले प्रतिष्ठानमा आश्रित सबै वृद्धवृद्धालाई जनही पाँच सय पाँच रुपैयाँ नगदसमेत प्रदान गरे। उनीहरुका लागि पाँच बोरा चामल, आलु १ बोरा, आटा १ बोरा, चिनि १५ केजी, दाल १ बोरा तथा फलफूल उपलब्ध प्रदान गरिएको छ।