राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्ने
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’लाई बुझाएको ४० बुँदे मागपत्र कार्यान्वयन नभएको भन्दै राप्रपाले काठमाडौंमा बृहत् जनप्रदर्शन गर्न लागेको हो। 

संवैधानिक राजतन्त्रका पुन:स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग राख्दै राप्रपाले आन्दोलन गर्ने घोषणा गरेको छ।
५० हजारभन्दा बढीको सहभागिता हुने जनप्रदर्शन शान्तिपूर्ण हुने भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुरक्षाको उचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।  उनले आफूहरुको प्रदर्शनलाई रोक्न सरकारले निषेधाज्ञा जारी गरे राप्रपाले त्यसको प्रतिकार गर्ने चेतावनी दिएका छन्।

भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शनले शहरका विभिन्न स्थानको परिक्रमा गरेर सभामा परिणत हुने बताइएको छ। राप्रपाले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र समेत बुझाएको थियो। जसमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नु्पर्ने,प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार– केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने लगाएतका रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.