डा. विनोदकुमार यादव । कम समयमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अञ्चल अस्पतालबाट प्रादेशिक हुँदै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन भएपछि अस्तव्यस्त रहेको अस्पताल सुधारोन्मुख अवस्थामा छ।
अस्पतालमाथिको विश्वसनीयता, प्रतिष्ठानभन्दा बढी निजी नर्सिङ होम रुचाउने जस्ता चुनौतीको सामना गर्दै दैनिक ६ सयदेखि १ हजार बिरामी चेक जाँच गर्दै छ। लथालिंग अवस्थाको अस्पतालमा सामग्रीको व्यवस्थापनदेखि सरसफाइ तथा कर्मचारीहरू नियमित समयमै आउने जानेलगायतका परिवर्तन भएको छ। जसरी बालुवामा पानी जति हाले पनि त्यसरी नै बाँझो खेतमा हामी बाली लगाउने काम गर्दै छौं।
अस्पतालको पुरानै संरचनाको मेनपावरलाई मोटिभेट गरेर, रिक्वेस्टै गरेर सुधार हामीले गरेका छौं। पहिला अस्पतालमा आउँदा मान्छेलाई गेटदेखि नै नाक थुनेर आउनुपर्ने अवस्थाबाट मुक्त भएको छ। सीमिति जनशक्तिमा प्रदेशकै उदाहरणीय र नमुना अस्पतालका रूपमा हामीले विकास गरिरहेका छौं। एक वर्षभन्दा पहिला एचडियू र इमर्जेन्सी सेवासँगै थियो। अहिले पूmल एचडियू १० र ३५ वेडको इमर्जेन्सी छ। जनकपुरधामलाई हामी मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको माध्यमबाट स्वास्थ्यको हव बनाउँछौं।
(डा. यादव मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान रजिष्ट्रार हुन्। )