सभामुखसहित सत्ता पक्ष र प्रतिपक्ष निरन्तर छलफलमा

कांग्रेससहित शीर्ष नेताको बैठक बालुवाटारमा जारी

कांग्रेससहित शीर्ष नेताको बैठक बालुवाटारमा जारी

कांग्रेसले गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत अपचलन आरोप खेपिरहेको कारणले पनि राजीनामा दिनुपर्ने पार्टीको अडान राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति एवम् प्रमु्ख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र सभामुख देवराज घिमिरेलाई छलफलका लागि बोलाएका हुन्।

काठमाडौं : संसदको गतिरोध अन्त्यका लागि सभामुखसहित शीर्ष नेताको बैठक बालुवाटारमा बसेको छ। सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि  कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति एवम् प्रमु्ख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछाने र सभामुख देवराज घिमिरेलाई छलफलका लागि बोलाएका हुन्। तर, सभापति देउवाले महामन्त्री गगन थापा र कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई बैठकमा पठाएका छन्।

सभामुख घिमिरेले पनि संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख चार दलसँग सोमबार छलफल गरेका थिए। तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै रहेको बताएपछि बैठक निष्कर्षविहीन बनेको थियो। 

प्रधानमन्त्रीले आज छलफलमा बोलाएपछि सभामुख घिमिरेले आफ्नै दिदीको निधनका कारण झापा जाने कार्यक्रम रद्ध गरेर सदन खुलाउन पहल लिएको सभामुखको सचिवालयले जनाएको छ।

 पछिल्लो समय मन्त्री लामिछानेले विधेयक पेस गर्न नपाउने सर्तमा कांग्रेसले संसद्मा अवरोध रोकेको थियो। कांग्रेसले सरकारलाई छानबिन समिति लिएर आउन चैत २१ गतेसम्मको ‘अल्टिमेटम’ दिएको थियो। कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने जोडिएको भन्ने विषयमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै आएको छ। नयाँ सत्ता समीकरण बनेर लामिछाने गृहमन्त्री भएसँगै कांग्रेसले निरन्तर उनीमाथि प्रश्न उठाउँदै आएको छ।

आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा पनि सहकारी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरे संसद चल्न नदिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.