कांग्रेसको अडानपश्चात बालुवाटारमा भएन सहमति

कांग्रेसको अडानपश्चात बालुवाटारमा भएन सहमति
सुन्नुहोस्

काठमाडौं : सहकारी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडान नेपाली कांग्रेसले कायम राखेपछि बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएको छ। संसदको गतिरोध अन्त्यका लागि मंगलबार बस्ने प्रतिनिधि सभाको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सभामुख देवराज घिमिरेसहित शीर्ष नेताबीच बैठक राखेका हुन्। 

सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि  कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति एवम् प्रमु्ख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा,एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछाने र सभामुख देवराज घिमिरेलाई छलफलका लागि बोलाएका हुन्। तर, सभापति देउवाले महामन्त्री गगन थापा र कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई बैठकमा पठाएका थिए।

आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा पनि सहकारी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरे संसद चल्न नदिने निर्णय गरेपछि कांग्रेस नेता बालुवाटारको बैठकमा सहभागी भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.